२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार
जाजरकाेटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
जाजरकाेटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
  • paschimpatra

जाजरकोट । जाजरकाेटकाे खलंगामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा रनिङ्ग शिल्ड यही असार असार १५ गते देखि १७ गते सम्म भेरी नगरपालिकाको थाप्लेमा हुन लागेको  हाे ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा पालिका बाट छनोट भएका कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष भन्दा मुनिका विद्यार्थीहरुको मात्र सहभागी हुने छ ।  रनिङ्ग शिल्डमा भलिबल,कबड्डि र एथलेटिक्स तर्फ छात्रछात्रा दुवैकाे खेल खेलाइने छ । सहभागिताका लागि जिल्ला खेलकुद विकास समितीले सबै पालिकालाई पत्र पठाइ सकेको समितिका अध्यक्ष नर बहादुर बस्नेतले जानकारी दिए ।

जिल्लाका क्षमतावान् खेलाडीहरुको पहिचान गर्न रनिङ्ग शिल्डले महत्वपूर्ण भुमिका खेल्ने भएकोले जिल्लावासी सबैजनालाई यसमा सहयोग गर्न बस्नेतले अनुरोध समेत गरेका छन् । रनिङ्ग शिल्डको लागि लगभग तयारी अन्तिम चरणमा पुगेको बस्नेतको भनाई छ । जिल्ला स्तरीय खेलमा छनोट भएका खेलाडीहरुले क्षेत्रीय खेल खेल्न पाउने छन् ।

  • १४ असार २०७९, मंगलवार प्रकाशित
  • Nabintech