२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार
मृत भेटिइन् गाउँपालिकाकी कार्यालय सहयोगी
मृत भेटिइन् गाउँपालिकाकी कार्यालय सहयोगी
  • न्युज डेस्क

२८ असार रुकुम पुर्व । रुकुममा एक यृवती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।रुकुम पूर्वको सिस्ने गाउँपालिकाको कार्यालय सहयोगी कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।सिस्ने – ६ खोपिचारकी २३ वर्षीया कोइली शाही झुण्डिएको अवस्थामा कोठा भित्र शनिबार मृत फेला परेकी जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकर प्रशाद यादवले जानकारी दिनु भयो ।

शाही सिस्ने –५ मा कोठा भाडामा बस्दै आएकी थिइन्।डिएसपी यादवका अनुसार शनिबार महिला साथीहरु संगै घुम्न जाने योजना बनाएकी थिइन्। उनका साथीहरुले फोन गर्दा नउठेपछि आसपासका चिनजानका मानिसलाई फोन गरी हेरिदिन आग्रह गरेका थिए।त्यहाँ पुगेर स्थानीयले बोलाउँदा पनि कुनै संकेत नगरेपछि बिहान ९ बजेपछि प्रहरीलाई सूचना दिइएको थियो।चुकुल लगाएको कोठा भित्र फोडेर हेर्दा उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी डिएसपी यादवले जानकारी दिनु भयो ।

  • २८ असार २०८२, शनिबार प्रकाशित
  • Nabintech