२७ असार काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ उपाध्यक्ष दिने सहमति भएको छ ।शुक्रबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र गौतमबिच पार्टी एकता गर्ने सहमतिसँगै एकीकृत पार्टीमा गौतमको वरीयताबारे पनि टुङ्गो लागेको हो ।
दुई पार्टीबिच एकता गर्ने सहमतिका क्रममा गौतमलाई तेस्रो वरीयताको वरिष्ठ नेता बनाउने सहमति भएको एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।हाल एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल पहिलो बरियता, सम्मानित नेता झलनाथ खनाल दोस्रो वरीयतामा रहेका छन् । गौतम खनालपछिको वरीयतामा हुनेछन् । हाल खनालपछि तेस्रो वरीयतामा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे रहेका छन् ।