२६ असार २०८२, बिहीबार
२६ असार २०८२, बिहीबार
थवाङ गाँउपालिकाका ७ जना कर्मचारी गुल्मीमा
थवाङ गाँउपालिकाका ७ जना कर्मचारी गुल्मीमा
  • न्युज डेस्क

२६ असार रोल्पा । रोल्पाको थवाङ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित ७ जना सम्पर्कमा आएको बताइएको छ । बुधबार रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले पालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएको भन्दै विज्ञप्ति निस्किएको थियो ।

कर्मचारीहरूसँग सम्पर्क नै नभएपछि अपहरण भएको हो कि भन्ने आशंकासहित आफूले विज्ञप्ति जारी गरेको उनको भनाइ छ ।गाउँपालिका अध्यक्षका अनुसार असार २३ गतेसम्म कार्यालयमै रहेका प्रशासकीय अधिकृतलगायत भुक्तानी सहजताका लागि भन्दै रुकुम पूर्व हिँडेपनि २४ गते बिहानदेखि सम्पर्कविहीन भएका थिए।तर, त्यहाँ गएका उनीहरूको खोजतलास गर्दासमेत असार २४ गते बिहान ७ बजेदेखि सम्पर्कमा नआएको भन्दै कसैसँग जानकारी भए पालिकामा खबर गरिदिन अध्यक्षले विज्ञप्तिमार्फत अनुरोध गरेका थिए।यसअघि गाउँपालिका अध्यक्षले विज्ञप्तिमा उल्लेख गरेअनुसार प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरसहित सहायक प्रशासन पाँचौँ हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सव–इन्जिनियर निशा आचार्य र चन्द्र प्रकाश ओलीका साथै अन्य कर्मचारी शिव कुमार वली र प्रदीप केसी सम्पर्कविहीन भएका हुन् । रातिको समयमा नेपाल टेलिकमको नेटवर्कमा समस्या हुने भएकाले असार २३ गते राति प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरले कार्यालयको भुक्तानी गर्न ओपीटी कोडको सहजताका लागि रुकुम पूर्वमा गई कामकाज गर्ने निर्णय गरेका थिए ।

  • २६ असार २०८२, बिहीबार प्रकाशित
  • Nabintech