१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
नेपाललाई पीएनजीले दियो १ सय ७४ रनको लक्ष्य
नेपाललाई पीएनजीले दियो १ सय ७४ रनको लक्ष्य
  • paschimpatra

काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी ९पीएनजी० सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एक सय ७४ रनको लक्ष्य पाएको छ ।

दुबई क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रन बनायो । पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए । यस्तै चार सोपरले २२ र लेगा सिकाले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले दुईरदुई तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एकरएक विकेट लिए ।

आज नेपालका भीम सार्कीले एकदिवसीयमा डेब्यु गरेका छन् । यस्तै नेपालले तीव्र गतिका बलर विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखेको छ । यो शृङ्खलामा नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो भने यूएईसँग दुवै खेलमा पराजित भएको छ ।

  • ८ चैत्र २०७८, मंगलवार प्रकाशित
  • Nabintech