४ श्रावण २०८२, शनिबार
४ श्रावण २०८२, शनिबार
बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै
बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै
  • न्युज डेस्क

The couple consulting a lawyer about agreement on the divorce.

२ साउन बाँके । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको छ ।घरायसी कलह, खान तथा लगाउन नदिएको, मानसिक तनाव दिएको लगायतका कारण पति वा पत्नीले अदालत समक्ष सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढेको उच्च अदालत नेपालगन्ज इजलासका अधिकृत बलबहादुर विष्टले जानकारी दिनु भयो ।

आर्थिक वर्ष २०८१/८२ मा सम्बन्ध विच्छेदका ६१ मुद्दा दर्ता भएकामा ५० मुद्दा फर्स्यौट भएका छन् भने ११ मुद्दा बाँकी रहेका छन् ।आर्थिक वर्ष २०८०/८१ मा सम्बन्ध विच्छेद सम्बन्धी ५९ मुद्दा दर्ता भएकामा ४० मुद्दा फर्स्यौट भएको र १९ मुद्दा बाँकी रहेको उच्च अदालतले जनाएको छ । दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दा बाँके जिल्लाका हुन् ।यसबाहेक जबरजस्ती करणी १८८ मुद्दा दर्ता भएकामा १४८ मुद्दा फर्स्यौट भएका छन् र त्यसमा ४० मुद्दा बाँकी छन् । लागु औषधतर्फ १८८ मुद्दा दर्ता भएकामा १५१ फर्स्यौट भएका र ३७ मुद्दा बाँकी रहेका छन् ।मानव बेचबिखन तथा ओसारपसारका २९ मुद्दा दर्ता भएकामा २८ फर्स्यौट भएको छ भने एक मुद्दा बाँकी रहेको छ । ज्यान सम्बन्धी कसुरका १९२ मुद्दामा १५५ फर्स्यौट भएका छन् भने ३७ बाँकी रहेका छन् ।

अन्यतर्फ एक हजार ४७८ मुद्दा दर्ता भएकामा एक हजार ६३ मुर्दा दर्ता भएका छन् । रिट र निषेधाज्ञाका ५१० मुद्दा दर्ता भएकामा ४०९ फर्स्यौट भएको र १०१ बाँकी रहेका छन् ।यी सबै कुल मिलाएर दुई हजार ६४६ मुद्दा दर्ता भएकामा दुई हजार चार मुद्दा फर्स्यौट भएका छन् भने ६४२ मुद्दा बाँकी रहेको अदालतले जनाएको छ ।वार्षिक मुद्दा फर्स्यौट लक्ष्य एक हजार ६३७ थान रहेकामा कुल दुई हजार चार मुद्दा अर्थात् ३६७ थान मुद्दा बढी फर्स्यौट भएको उच्च अदालतइजलासका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले जानकारी दिए ।

  • ३ श्रावण २०८२, शुक्रबार प्रकाशित
  • Nabintech