१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
नेपालद्वारा पपुवा न्युगिनी दुई विकेटले पराजित
नेपालद्वारा पपुवा न्युगिनी दुई विकेटले पराजित
  • न्युज डेस्क

काठमाण्डौ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले हराएको छ ।

संयुक्त अरब इमिरेट्स ९यूएई० को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पीएनजीले दिएको दुई सय पाँच रनको लक्ष्य नेपालले ४९ ओभर २ बलमा आठ विकेट गुमाएर भेटायो । नेपालका लागि रोहित पौडेलले ५८ र आरिफ शेखले ५४ रन बनाए । यस्तै करण केसीले २९, आसिफ शेख १६, विनोद भण्डारी १२, दीपेन्द्रसिंह ऐरी र सोमपाल समान आठ, ज्ञानेन्द्र मल्ल चार र कुशल भुर्तेल एक रनमा आउट भए ।

नेपालले ४२ रनमा चार विकेट गुमाएको अवस्थामा रोहित पौडेल र आरिफ शेखले पाँचौँ विकेटका लागि एक सय दुई रनको साझेदारी गरे । योसँगै आरिफ र रोहित शतकीय साझेदारी गर्ने पहिलो नेपाली जोडी बनेका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनायो । उसका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए । यस्तै चाद सोपरले ३५, टोनी उराले २७ र लेगा सियाकाले २५ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए । यस्तै सन्दीप लामिछाने र आरिफ शेखले एक–एक विकेट लिए । यस्तै आजको खेलमा ज्ञानेन्द्र मल्लले पहिलो एकदिवसीय विकेट लिएका छन् । दुई ओभर बलिङ गरेका उनले ६ रन दिएर एक विकेट लिए ।

शृङ्खला अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल पर्सि शुक्रवार यूएईसँग, तेस्रो खेल आउँदो ७ गते यूएईसँग नै र चैत ८ गते अन्तिम खेल पीएनजीसँग खेल्नेछ ।

  • २ चैत्र २०७८, बुधबार प्रकाशित
  • Nabintech