२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार
दीपक मनाङे पक्राउ
दीपक मनाङे पक्राउ
  • न्युज डेस्क

२८ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो ।मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो ।
दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए ।

उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो । तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

  • २७ कार्तिक २०८१, मंगलवार प्रकाशित
  • Nabintech