२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार
बङ्गलादेशसँग विरुद्धको एकदिवसीय श्रृंखला अफगानिस्तानलाई
बङ्गलादेशसँग विरुद्धको एकदिवसीय श्रृंखला अफगानिस्तानलाई
  • न्युज डेस्क

२७ कात्तिक, काठमाडौं । अफगानिस्तानले बङ्गलादेशसँगको एकदिवसीय क्रिकेट श्रृंखला जितेको छ । यूएईको शारजाहमा सोमबार भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा ५ विकेटले विजयी भएसँगै अफगानिस्तानले श्रृंखला २.१ ले जितेको हो ।

बङ्गलादेशले दिएको २४५ रनको लक्ष्य अफगानिस्तानले १० बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । अफगानिस्तानका ‌ओपनर रहमुनल्लाह गुरबाजले १२० बलमा ५ चौका र ७ छक्काको मद्दतले सर्वाधिक १०१ रनको शतकीय पारी खेले । त्यस्तै अजमतुल्लाह ओमरजाइ ७० रन र मोहम्मद नाबी ३४ रनमा अविजित रहे ।

  • २७ कार्तिक २०८१, मंगलवार प्रकाशित
  • Nabintech