जाजरकोट । जाजरकोटमा पुष्पलाल स्मृती प्रतिस्ठानको शाखा गठन गरिएको छ । जिल्ला सदरमुकाम खलंगामा आज सम्पन्न भेलाले ध्रुव प्रसाद पौडेलको अध्यक्षतामा प्रतिस्ठानको शाखा गठन गरेको हो ।
प्रतिस्ठानको उपाध्यक्षमा दिपक बिटालु, महासचिवमा भरत कुमार शर्मा, सचिवमा सरोज वली र कोषाध्यक्षमा योगमाया कार्की चयन भएका छन । प्रतिस्ठानको सदस्यहरुमा तुलसिंह अधिकारी, दल बहादुर राना, पवन शर्मा, नरजित सिंह, हरि बस्नेत, पदम गिरी, गणेश रोकाय र गोपाल शाही चयन भएको अध्यक्ष पौडेलले जानकारी दिए ।
प्रतिस्ठानले जिल्लामा कम्युनिष्ट विचार विस्तारका लागि काम गर्ने अध्यक्ष पौडेलको भनाई छ।