२१ असार २०८३, आईतवार
२१ असार २०८३, आईतवार
युवा पुस्तालाई जिम्मेवारी दिनुपर्छ : जो बाइडेन
युवा पुस्तालाई जिम्मेवारी दिनुपर्छ : जो बाइडेन
  • न्युज डेस्क

१० साउन काठमान्डौ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति निर्वाचन नलड्ने घोषणा गरेका छन्।बुधबार साँझ ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडेनले नोभेम्बरमा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका हुन्।

बाइडेनले नयाँ पुस्तालाई देश हाँक्ने अवसर पनि दिनुपर्ने बताए।‘राष्ट्रपतिको रूपमा मेरो रेकर्ड, विश्वमा मेरो नेतृत्व, अमेरिकाको भविष्यको लागि मेरो दृष्टिकोण सबै दोस्रो कार्यकालको लागि योग्य छ,’ उनले भने, ‘ तर लोकतन्त्र र मुलुकको हित व्यक्तिगतभन्दा माथि हुन्छ। हाम्रो देशलाई एकताबद्ध गर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने यो उत्तम समय हो।’बाइडेन राष्ट्रपति उम्मेदवारबाट बाहिरिएपछि डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिस उम्मेदवार बन्ने सम्भावना छ।ह्यारिसलाई पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वराष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टन लगायत धेरै वरिष्ठ नेता र उनका प्रतिद्वन्द्वी ठानिएका केही नेताले समेत समर्थन गरेका छन्।

  • १० श्रावण २०८१, बिहीबार प्रकाशित
  • Nabintech