१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
जाजरकोटमा अन्डर–१९ भलिवल प्रतियोगिता सुरु
जाजरकोटमा अन्डर–१९ भलिवल प्रतियोगिता सुरु
  • paschimpatra

जाजरकोट । जिल्ला सदरमुकाम खलंगामा अन्डर–१९ भलिवल कप–२०८० सुरु भएको छ ।

शहिद स्मृति युवा क्लवको आयोजनामा सनिबारदेखि जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० सुरु भएको हो ।

“लागु औषध दुव्र्यसन नियन्त्रण तथा रोकथामको लागि खेलकुद कार्यक्रम” भन्ने नारा सहित सुरु गरिएको भलिवल कपको औपचारिक उद्घाटन भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले गरेका थिए । उक्त भलिवल प्रतियोगितामा १९ बर्षमुनीका युवा खेलाडीहरुको १७ वटा टीमले भाग लिएको शहिद स्मृति युवा क्लवका अध्यक्ष प्रेम विश्वकर्माले जानकारी दिएका छन् ।

लागु औषध दुव्र्यसनिले समाजलाई थिलो थिलो पारिरहेको बताउदै नगर प्रमुख घर्तीले लागु औषध दुव्र्यसन नियन्त्रण तथा रोकथाम गर्ने विषयलाई भेरी नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताए । शहिद स्मृति युवा क्लवद्धारा आयोजना गरिएको अन्डर–१९ भलिवल कपले लागु औषध दुव्र्यसन नियन्त्रण तथा रोकथाममा नगरपालिकालाई सहयोग पुग्नेमा बिश्वास व्यक्त गरेका थिए । मंगलबारसम्म संचालन गरिने अन्डर–१९ भलिवल टुनामेन्टमा अनुशासित तरिकाले खेलमा भाग लिन खेलाडीहरुलाई नगर प्रमुख घर्तीले निर्देशन दिएका थिए ।

युवाहरु समाज रुपान्तरणका सम्वाहक भएको बताउदै शहिद स्मृति युवा क्लवका अध्यक्ष विश्वकर्माले युवाहरुले समाज रुपान्तरणको लागि रचनात्मक खबरदारी गर्नुपर्ने भनाई राखेका थिए । विकास र रुपान्तरणको लागि खबरदारी गर्ने युवाहरु स्वयममा अनुशासित हुनुपर्ने बताउदै अध्यक्ष विश्वकर्माले अनुशासित तरिकाले खेलमा सहभागी हुन खेलाडीहरुलाई आग्रह गरेका थिए ।

उक्त भलिवल टुनामेन्टको प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३५ हजार, तृतिय पुरस्कार २५ हजार रहेको अध्यक्ष विश्वकर्माले बताएका छन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, वेस्ट स्पाइकरलाई २५ सय, वेस्ट सेटर २५ सय, वेस्ट ब्लकर २५ सय, वेस्ट डिफेन्सर २५ सय, इमर्जिङ प्लेयर २५ सय र वेस्ट प्रशिक्षकलाई एक हजार पुरुस्कारको व्यवस्था गरिएको उनले बताएका थिए ।

त्रिभुवन माध्यामिक विद्यालय खलंगाको खेलमैदानमा उक्त भलिवल कप संचालन गरिएको छ । जिल्लामै पहिलो पटक संचालन गरिएको उक्त अन्डर–१९ भलिवल कपमा ३ लाख खर्च हुने अनुमान गरिएको छ । यसको प्रायोजकमा भेरी नगरपालिका, सामाजिक विकास कार्यालय, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय लगाएतका सरकारी कार्यालयहरु रहेको शहिद स्मृति युवा क्लवले जनाएको छ ।

  • २५ चैत्र २०८०, आईतवार प्रकाशित
  • Nabintech