१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
नेप्सेसँगै बढ्यो कारोबार रकम
नेप्सेसँगै बढ्यो कारोबार रकम
  • paschimpatra

काठमाण्डाै ।  मंगलबार नेप्से परिसूचक ९.४४ अंकले बढेको छ । यसदिन नेप्से ०.४५ प्रतिशतले बढेर २०८५.७१ बिन्दुमा बन्द भएको छ।

मंगलबारको बजारमा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९ सय ७ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् सोमबार २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रूपैयाँको सेयर कारोबार भएको थियो।

सोमबारको तुलनामा आज कारोबार रकम १६ करोड रूपैयाँ बढी हो। यस दिन ३१५ वटा धितोपत्रको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर किनबेच भएको हो। मंगलबार १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ वटाको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन समाज लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७६३ रूपैयाँ कायम भएको छ यस्तै, गुराँस लघुवित्तको सेयरमूल्य ९.४२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९७८ रूपैयाँ पुगेको छ। सामलिङ पावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ६१६ रूपैयाँ ५० पैसा कायम भएको छ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य ५.१० प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ९०३ रूपैयाँ कायम भएको छ।

मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ७०४ रूपैयाँ ९० पैसामा ३३ करोड ७६ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २।८३ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा माउन्टेन इनर्जी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६४३ रूपैयाँमा १६ करोड ६५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ। यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशतले बढेको हो।

  • २३ माघ २०८०, मंगलवार प्रकाशित
  • Nabintech