१५ साउन काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताउनु भएको छ ।
विहीबार सिंहदरबारमा कृषि समितिको बैठकमा सहभागी भई निस्कने क्रममा श्रेष्ठले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने प्रष्ट पार्नु भयो ।पार्टीको विधानअनुसार आफूले कुनै पनि बैठक नै आह्वान नगरेको भन्दै उनले अहिले पनि आफू पार्टीको अध्यक्षमा कायमै रहेको बताउनु भयो ।