५ श्रावण २०८१, शनिबार
५ श्रावण २०८१, शनिबार
फर्केर सम्झिदा जाजरकोटको पत्रकारीता
फर्केर सम्झिदा जाजरकोटको पत्रकारीता
  • जनक केसी

जाजरकोटमा पत्रकारीताको ऐतिहासिक पृष्ठभुमि
चरम भौगोलिक विकटता, अज्ञानताको तुवालो र चौतर्फी अभावयुक्त खाडलहरुका विचमा परिवर्तन र सिर्जनात्मक कार्यको हुटहुटी भएका केहि युवाहरुको पहलमा २०३५ सालतिर लिथो मेसिनवाट मालिका हवाइ पत्रिका प्रकाशन गरि सुरु भएको जाजरकोटको पत्रकारीतामा म भने २०५७/ ५८ साल देखि विस्तारै सहभागि हुन पुगेँ । काठमाडौं र नेपालगन्जसंग उति वेला सहज र उन्नत सम्वन्ध नभएका कारण जाजरकोटको पत्रकारीतामा सहजताको सम्भावना सुन्य जस्तै थियो ।

काठमाडौंमा छापिएका पत्रपत्रिकाहरु ६ महिना एक वर्ष पछि सदरमुकाम खलंगामा पुग्ने मात्र होइन श्रोत साधनको अभावले जिल्लामै पत्रपत्रिकाको छपाइ पनि गाह्रै काम थियो । उति वेला कसैले हातैले काजगमा केहि रचना र लेख लेखेर कतै देखायो भने पनि अचम्म लाग्ने अवस्था थियो ।

उ वेलाका जाजरकोटी युवाहरु अमर शाह, दिलिप शाह, राजेस्वर कार्की र मधुकर शाहले निकै प्रतिकुल समय र परिस्थितिमा जाजरकोट खलंगा वजारलाइ लक्षित गरि लिथो मेसिनवाट मालिका मासिक पत्रिका निकाल्ने काम सुरु गरेको दस्तावेजहरुवाट जानकारी पाउन सकिन्छ । यति मात्र होइन जिल्लामा कुनै पढाइका पुस्तक तथा पत्रपत्रिकाहरु नभएपछि २००९ साल जेठ महिनामा जाजरकोटी राजा जंगवहादुर शाहका नाति सम्सेर जंग शाहकी छोरी प्रेमकुमारी शाहले दिएको एक हजार रुपैयाले २००९ साल फागुन महिनामा स्वर्गिय इस्वरीवहादुर शाहको पसलको छेउमा स्वर्गिय भक्तवहादुर कार्कीले भारतको लखनउवाट किनेर ल्याएका पुस्तकहरु र केहि पत्रपत्रिकाहरु राखेर चलाइएको उक्त पुस्तकालयको नाम प्रेम पुस्तकालय राखियो ।सो पुस्तकालयको सन्चालक इस्वरीवहादुर शाहका जेठा छोरा सुरेन्द्रवहादुर शाह थिए । यहि पुस्तकालयको आधारमा जिल्ला पन्चायतले २०२६ सालमा जनक पुस्तकालय स्थापना गरेर जिल्लामा पत्रपत्रिका तथा पुस्तक पढ्न पाउने अवसर सुरक्षित गरेको थियो । अहिले उक्त पुस्तकालय जीर्ण अवस्थामा छ । तत्कालीन जिल्ला पन्चायतले पुस्तकालयकै लागि शंसेरजंगका नाति प्रेमजंग शाहवाट ३ हजार ३ सयमा किनेको घर अहिले प्रयोगमा नआउदा अर्थहिन जस्तै भएको छ ।

निकै कठिन र प्रतिकुल समयमा सुरु भएको जाजरकोटको त्यो पत्रकारीतालाइ कालीवहादुर मल्ल, गोपाल विक्रम शाह, राजेन्द्र विक्रम शाह, स्व लोकेन्द्र शाह, रमेश सिंह, हरि सन्दर्भ , समीरजंग शाह, हिरण्य भन्डारी, र हरिहरसिंह राठौर लगाएतका अग्रजहरुले निरन्तरता र जीवन्तता दिने काम गरेको पाइन्छ । साहित्य सिर्जनालाइ पहिलो प्राथमिकता दिएर सुरु भएको जाजरकोटको पत्रकारीतामा पहिलो जनआन्दोलन २०४६ पछि मात्र समाचार संकलन लेखन र मिडियाको चेतनाको विकास भएको पाइन्छ ।

विशेष गरि २०५२ सालको शसस्त्र द्धन्द सुरुवातपछिको कठिन समयपछि स्थानीय युवाहरु हरि सन्दर्भ, समीरजंग शाह, हरिहरसिंह राठौर, दिनेशजंग शाह, दिनेश चौधरी,राजुकुमार शाक्य,राजेन्द्र कार्की, दिनेश श्रेष्ठ, वीरवहादुर गिरी, प्रभात चलाउने, छविराज शर्मा , सागर वुढाथोकी र महेन्द्रराज सिंहले देखाएको सक्रियता र सहभागिताले जाजरकोटको पत्रकारीतालाइ संकटकालीन अवस्थामा पनि एउटा उचाइ र ओज दियो ।

मुलुकको निकै कठिन समय र परिस्थितिमा पनि विभिन्न साहित्यीक तथा समाचार मुलक पत्रपत्रिकाहरु प्रकाशन गर्ने काम गरेर केहि युवाहरुले द्धन्दकालमा समेत जिल्लाको पत्रकारीतालाइ जीवन्त वनाउने काम गरे । मुहार, इन्द्रेणी, कुशे, मालिका, कन्दरा, सिर्जनाका पाइलाहरु, भरिया, परिक्रमा, च्याखुरे, जाजरकोट सन्देशले द्धन्दको समयमा र खलंगा दर्पण, ठाकुरजी टाइम्स, युग सम्वाहक लगाएतका पत्रपत्रिकाहरुले द्धन्दकालपछिको समयमा धेरै चुनौति, अवरोध र संकटहरुको सामाना गरे । मोफसलको पत्रकारीताका क्रममा युवा प्रतिभा महेन्द्रराज सिंहले निकै कठिन परिस्थितिमा प्रकाशन गरेको जाजरकोट सन्देश (जो पुर्ण रुपले समाचार मुलुक थियो)ले जिल्लामा पत्रकारीताको क्षेत्रमा मोफसलका तर्फवाट उ वेला निकै ठुलो भुमिका र योगदान दिएको थियो । जसका कारणले महेन्द्र सिंहलाइ जिल्ला छोड्नुपर्ने देखि अन्य धेरै समस्याहरु आइलागे । यसै गरि कान्तिपुरमा कार्यरत पत्रकार हरिहर सिंह राठौरले पनि त्यति वेलाको राज्यवाट धेरै तनाव र जोखिम वेहोर्नु परयो । पत्रकार राठौरले पनि पत्रकारीताकै कारण जिल्ला छोड्नु परयो । उति वेला पत्रकारहरु हरिहर सिंह राठौर, दिनेशजंग शाह, हरि सन्दर्भ,राजु शाक्य, दिनेश चौधरी, राजेन्द्र कार्की , वीरवहादुर गिरी, भीमवहादुर सिंह लगाएतले राज्य सत्ता र विद्रोहि पक्षवाट निकै मानसिक तथा शारिरीक यातना पाएका घटना र सन्दर्भ निकै स्मरणीय र पिडादायी छन् । पत्रकारीता गर्दै गर्दा राज्य, विद्रोहि अनि अरु पक्षवाट जति धम्की चुनौति र संकट सिर्जना गर्न खोजिएपनि जिल्लाको पत्रकारीताको अभियान कहिले पनि रोकिएन । यसले जाजरकोटमा आफनो सँस्थागत र पेसागात गतिलाइ निरन्तरता दिइरहयो ।

तत्कालीन शाही सत्ताको सुरुवाती र पत्रकारीतामा त्यसको चरम ज्यादतीकै विचमा अझै उचाइमा पुगेको पत्रकारीतामा जनक केसी,प्रकाश पन्त, वालकुमार शर्मा, रामविक्रम शाह, सुरेन्द्रवहादुर सिंह (मजकोट), नारद शर्मा र डिल्ली थापा लगाएतका युवाहरुको विना पारिश्रमिकको पत्रकारीताले केहि इटटाहरु थप्ने काम गर्यो ।

२०५२ साल फागुन ८ गतेको कान्तिपुर दैनिकको कोशेलीमा प्रजातन्त्र शिर्षको कविता प्रकाशन भएपछि आफुले लेखेको कुरा पत्रपत्रिकामा छाप्ने र रेडियोमा आफनो आवाज सुनाउने इच्छा तिव्र वन्दै गयो । यस्तै क्रममा २०५६ सालतिर रेडियो नेपालमा मेरा गुरु हरि सन्दर्भ जोडिएपछि उहाँको साथले मलाइ पनि पत्रकारीतामा प्रवेश गर्न सजिलो भयो । २०५९ सालमा ज्ञानेन्द्र राजाको शासन सुरु भएपछिको समयमा तत्कालिन जिल्ला विकास समितिको प्रायोजनमा रेडियो नेपालको क्षेत्रिय प्रशारण केन्द्र सुर्खेतवाट मासिक रुपमा प्रशारण हुने देउराली रेडियो कार्यक्रममा हरि सरले समाचार लेख्ने र पढ्ने अवसर दिनु भएको थियो ।

हुन त गत दुइ वर्ष देखि म १८ वर्षको सक्रिय पत्रकारीतावाट विच्छेद भएको छु तैपनि पत्रकारीताका वेलाका सम्झना र अनुभवहरु अहिले पनि ताजै छन् जस्तो लाग्छ । आफुले चासो राखेको विषयमा विभिन्न मिडियाहरुमा लेख लेख्ने वाहेक पत्रकारीताको औपचारिक काममा मेरो सक्रियता छैन । पत्रकारीता, राजनीति, साहित्य सिर्जना र समाजसेवा मेरो गहिरो रुचिका क्षेत्र हुन । सानै देखि राजनीति, पत्रकारीता र साहित्य सिर्जना प्रतिको रुचिले म विद्यालय समय देखि नै समाचार लेख्ने र साहित्य सिर्जना गर्ने काममा सक्रिय हुन थालेको थिएँ ।

रेडियोमा समाचार पढ्ने, पत्रिकामा वाइलाइनको समाचार र लेख रचना छपाउने निकै गहिरो शौखका कारण २०५७ साल देखि नै पत्रकारीतामा मेरो सक्रियता वढ्न थाल्यो । कतै छापिने या प्रशासन नहुने भएपनि समाचार लेखन तथा वाचन गर्न म मिडिया खोज्न थालेँ ।

जिल्लामा उति वेला पत्रकारीता क्षेत्रमा जीवन निर्वाहका लागि भन्दा शौख, चेतना फैलाउन र मनोरन्जनका लागि काम गरिन्थ्यो । खास गरि उतिवेलाको पत्रकारीता समाचार लेखनमा भन्दा वढी साहित्यीक रचनाहरु मार्फत आफनो विचार भावना प्रचार गर्ने खालको हुन्थ्यो । मुलुकमा प्रजातन्त्रको पुर्नस्थापना भएसंगै जिल्लामा समाचार लेख्ने कामको सुरुवात भएको मानिन्छ ।

यो संगै विभिन्न केन्द्रिय तथा क्षेत्रिय मिडियाहरुमा समाचार र स्थानीय पत्रपत्रिकाहरुमा साहित्यीक रचना प्रकाशन गर्ने कार्यहरु मार्फत विगतको जिल्लाको पत्रकारीता अघि वढ्दै गएको पाइन्छ । उति वेला कसैको विरोधमा समाचार लेख्ने र कसैको पक्षमा समाचार लेख्ने दुवै काम निकै जोखिमपुर्ण भएको अग्रजहरुको अनुभवले जनाउदछ । चुनौति जे सुकै भएपनि अप्ठेरो जे सुकै भएपनि जाजरकोटको पत्रकारीताको विकास शसक्त सस्थागत रुप दिनको लागि अग्रजहरुवाट जानी नजानी धेरै महत्वपुर्ण योगदान व्यतित भएको छ ।

नेपाल पत्रकार महासंघको स्थापना
जिल्लाको पत्रकारीताको अभियानलाइ सँस्थागत रुप दिन २०६२ साल मंसिर १२ गते खलंगाको ठाँटीवजार स्थित काजीवाडा जाने वाटोमा वसेको केहि पत्रकारहरुको वैठकले तत्कालीन स्पेस टाइम दैनिकका पत्रकार दिनेशकुमार चौधरीको सभापतित्वमा नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको स्थापना गरेपछि जिल्लाको पत्रकारीताले सँस्थागत रुप लियो । यो संगै जिल्लाको पत्रकारीताको सँस्थागत तथा अन्य विकासको गतिमा झनै तिव्रता आयो ।

ऐतिहासिक जनआन्दोलनको सुरुवातको संघारमै भौगोलिक विकटता, प्रविधिको समस्या, फोन फयाक्सको समस्या र जिल्लामै समाचारमा हुने सेन्सरसीपको कष्टकर अवस्थाका विचमा नेपाल पत्रकार महासंघ स्थापना भयो । त्यतिवेला जिल्ला प्रशासन कार्यालयको एउटा मात्र फयाक्सको भर परेर पत्रकारहरुले समाचार सम्प्रेषण गर्नु पर्ने वाध्यकारी अवस्था थियो । एकातर्फ समाचारहरु अनिवार्य रुपमा सेन्सरसीपमा पर्ने अर्को तर्फ पत्रकारहरलाइ जसरी पनि आफुले लेखेका समाचार आफनो आवाजमा गुन्जाउने र आफनो नाममा छपाउने ठुलो रहर हुन्थ्यो उ वेला । पैसा हुदैनथ्यो समाचार लेखेवापत। समाचारमा नाम छापिए या रेडियोमा आफनो आवाज आए समाचार संकलनका सवै दुख पिडा भुल्ने वानी थियो पत्रकारहरुको । पत्रकारहरुको पिडा पत्रकार भएर भन्दा पनि आलोचक मात्र भएर वुझन र विश्लेषण गर्न खोज्ने जमात हिजो पनि थियो आज पनि छ ।

जनआन्दोलन सुरु हुनु भन्दा अघि देखि नै मोफसलको पत्रकारीतामा उदाएका हेमन्त केसी, दिपेन्द्र शर्मा,विवेचन राना, लोकेन्द्रविक्रम शाही, प्रशोधन केसी, देवका लामिछाने, भौीतक मल्ल, वद्री पन्त, रुपक कार्की, विर्खवहादुर कार्की, हाँसीलाल पन्त, प्रकाश किरण केसीको सक्रियताले पनि जिल्लाको पत्रकारीताको तेजलाइ वढाउने नै काम गरयो ।

जनआन्दोलनको सफलता र गणतन्त्र स्थापना पछिको जिल्लाको पत्रकारीता
मुलुकमा गणतन्त्रको स्थापना र नयाँ संविधानको जारीसंगै अलि सहज र खुला भएको पत्रकारीतामा सुरेन्द्रवहादुर सिंह (बारेकोट), वीरवहादुर शाही, मानवहादुर शाही, नरेश राना, वसन्त शर्मा, रामकुमार शाही,सरोज वली, दिपकजंग शाही, सहदेव वस्नेत, दिपवहादुर घर्ती, लोकेन्द्र शर्मा, कर्णवहादुर सार्की, समीक्षा सिंह, गणेश वानिया, राजवहादुर सिंह, वासुदेव शर्मा, युद्धजीत शर्मा, हेमन्त खत्री, शान्ता स्वर्णकार, सुनीता विक, प्रमिला आर.सी, सरस्वती गिरी, पवन शर्मा, निर्मला थापा, मानववहादुर खड्का ,सुरीता वस्नेत, टुकमाया घर्ती, लिला पौडेल,रेशमवहादुर खड्का,टीका विक, कालीवहादुर नेपाली, सुशील सिंह, डेविड जंग क्षेत्री, सारदा मगर, पदम केसी, मोहन सिंह को आंशिक तथा पुर्णकालीन सक्रियताले जाजरकोटको पत्रकारीतालाइ अहिले सम्मको स्थानमा ल्याइ पुरयाएको छ ।जिल्लाको पत्रकारीता र पत्रकारका वारेमा नकरात्मक टिप्पणी गर्ने चलन अहिलेको मात्र हैन पहिले देखिकै हो ।

फरक यत्ति छ हिजो राजाको शासन हुदा राज्य तर्फवाट वढी आलोचना हुन्थ्यो अहिले राजनैीतक दल र तिनको आडमा समाजमा दादागिरी देखाउनेहरुवाट वढी हुने गर्छ । उ वेला राज्यका निकायहरु खास गरि सुरक्षासंग सम्वद्ध निकायहरुले निकै आक्रमक ढंगले पत्रकारको आलोचना गर्ने मात्र होइन विभिन्न खाले धम्की पनि दिने गर्थे । यति मात्र हैन उ वेला स्थानीय प्रशासन नजिकका कर्मचारीहरु, शासक निकट पार्टीका नेता कार्यकर्ताहरु र अन्य व्यक्तिहरुले पनि पत्रकारहरु माथि दादागिरी देखाउने गर्थे ।

उति वेला पत्रकारको आलोचना मात्रै हैन धम्की दिने र भौतिक आक्रमणै पनि गर्ने गर्थे । धेरैलाइ अहिले पनि लाग्छ पत्रकारीता गर्नेहरु आफना पक्षमा मात्रै लेखुन । आफनौ पक्षमा मात्रै वोलुन अनि आफनो कहिले पनि विरोधमा नलागुन । आफना कम्जोरीहरु कहिले पनि मिडियामा नआउन् । पत्रकार र समाचार सवैलाइ नभइ नहुने कुरा हुन । जति गाली गरेपनि जति आलोचना गरेपनि पत्रकारीता र पत्रकार समाजका सवै व्यक्ति पक्ष र निकायका लागि जरुरी लाग्छ ।

त्यति वेलाको एउटा समाचारका कारण घटेको घटना निकै स्मरणीय छ । २०५९ असार २३ गते राजा ज्ञानेन्द्रको जन्मदिनको अवसरमा गैरीखालीमा आयोजना भएको कार्यक्रमको समाचार लेखेर देउराली रेडियो कार्यक्रममा पढ्न मलाइ हरि सरले भन्नु भयो । त्यो कार्यक्रमको समाचार मैले वनाएर मेरै आवाजमा २०५९ असार २९ गते साँझको देउराली रेडियो कार्यक्रममा प्रशारण भयो । त्यहि समाचारको विषयलाइ लिएर उति वेलाको सत्तारुढ दलका नेता आक्रोसित हुदा हरि सरलाइ रेडियो नेपालवाट हटाइयो ।

सानैमा राजनीति र वक्तृत्वकलामा गहिरो रुचि भएका कारण म प्रत्यक्ष अप्रत्यक्ष रुपमा २०५६/५७ साल देखि नै पत्रकारीतामा आकर्षित हुन पुगे ।२०५८ सालतिर जाजरकोटमा कुनै मिडिया नभए पनि नेपालगन्जका स्थानीय मिडियासंग जोडिन मैले धेरै प्रयास गरे । नेपालगन्ज एक्सप्रेस नामको पत्रिकामा समाचार लेखेर फ्याक्स मार्फत धेरै पठाएँ तर छापिए छापिएनन् हेर्न पाइएन ।

रेडियो नेपालमा मेरो ६ वर्ष
यसै विच २०६२/६३को ऐतिहासिक जनआन्दोलन पछि म सरकारी मिडियामा म जोडिन पुगेँ । २०६३ असार देखि रेडियो नेपालमा आवद्ध भएपछि जिल्लाका विकास निर्माण र सामाजिक मुद्धाहरुमा वढी कलम चलाउने र आवाज सुनाउने काम गरियो । खास गरि मैले छिन्चु जाजरकोट मोटरवाटोको निर्माण, मुलुकको शान्ति प्रक्रिया मुद्धाहरुको सम्वोधन, जिल्लावासीले भोग्नु परेको खाद्य, शिक्षा र स्वास्थ्य सेवाको वारेमा वढी समाचार रेडियो नेपालवाट वजाउने काम गरेँ । यस वाहेक दलका गतिविधिहरु, सरकारी कार्यालयका गतिविधिहरु पनि रेडियोवाट वजाउने काम गरेँ । उति वेला मिडियामा एफएमको राज थिएन । रेडियो नेपालको जताततै एकछत्र राज थियो । रेडियो नेपालमै काम गर्ने क्रममा सामाचारको विषयलाइ लिएर तत्कालीन नेकपा माओवादी र राप्रपाका नेताहरुले खुलेआम दिएको धम्की निकै स्मरणीय छ । गाउँमा प्रहरी चौकी तत्काल वस्न नदिएर माओवादीले गरेको अवरोधको विषयलाइ लिएर माओवादीका नेताहरुले सार्वजनिक कार्यक्रममै सम्मानजनक तरिकाले गरेको आलोचना मलाइ अहिले पनि याद छ । त्यो पहिलो संविधान सभाको निर्वाचन अघिको घटना हो । यसै पहिलो संविधान सभाको निर्वाचनका वेला राप्रपा नेपालका उम्मेदवार गोपाल विक्रम शाहलाइ माओवादीका कार्यकर्ताहरुले कालो मोसो दलेको विषयमा जिल्लामा खटिएका राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिले भुलवस गोपालविक्रम शाह लेख्नु पर्नेमा गोविन्दविक्रम शाह वनाइ दिएको रिपोर्ट रेडियो नेपालवाट वजेपछि उतिवेलाका राप्रपाका कार्यकर्ताले घर घेरा हाल्न आएको र धम्की दिएको घटना पनि स्मरण गर्न लाएक छ । पछि रेडियो नेपाल र सम्वन्धित निकायमा वुझेपछि उक्त पक्ष चुप लागेको थियो । रेडियो नेपालमा २०६३ देखि २०६८ सम्म काम गर्दा जिल्लाका धेरै महत्वपुर्ण मुद्धाहरु उठाउने काम गरियो ।

नागरिक दैनिकमा मेरो ११ वर्ष
यसै विच रेडियो पत्रकारीता गरिरहेकै वेला कान्तिपुर पत्रिकावाट विभाजन भएको नागरिक दैनिक पत्रिका २०६७ देखि सुरु भएपछि मेरो संलग्नता छापा पत्रकारीता तिर गयो । नागरिक दैनिकमा २०६७ देखि २०७७ साल सम्मको मेरो सक्रियताले मलाइ व्यक्तिगत रुपमा जाजरकोटी समाजमा स्थापित हुने अवसर मात्र प्राप्त भएन जिल्लाका केहि मुद्धाहरुलाइ उठाउने अवसर समेत दियो । केहि समय रेडियो नेपाल र नागरिक दैनिकमा संगै आवद्ध भएपनि पछि मैले रेडियो नेपाल छोडेँ । नागरिक दैनिकमा आवद्ध हुदा पनि जिल्लाका महत्वपुर्ण विषय र मुद्धालाइ उठाउने क्रम रोकिएन । २०७२मा जाजरकोटमा फैलिएको स्वाइन फ्लु, २०७१ मंसिर ४ गते भुरको रावतगाउँमा ५४ जनाको ज्यान जाने गरि भएको वस दुर्घटना, २०७३ फागुन २६ गते खलंगाको वोहरामा २९ जनाको ज्यान जाने गरि घटेको अर्को वस दुर्गटना, राकमको भेरी पुल, जाजरकोट अस्पताल र जिल्लाको ग्रामीण भेगको खाद्य अभावका साथै सुशासन, विकास, शिक्षा, कृषि स्वास्थ्य सेवासंग सम्वन्धित मुद्धाहरुमा शसक्त ढंगले लेख्ने काम गरियो । जसको परिणाम स्वरुप यो अवधिमा क्षेत्रिय स्तरको शिक्षा लेखन वृत्ति २०७१ र नेजा अवार्ड २०७२ प्राप्त गर्नुका साथै २०७० फागुन २९ गते नेपाल पत्रकार महासंघ जाजरकोट र २०७० फागुन ३ गते नेपाल प्रेस युनियन जाजरकोटको अध्यक्ष हुने अवसर समेत प्राप्त गरेँ । यो अवसर र जिम्मेवारीकै कारण नेपाल पत्रकार महासंघलाइ सस्थागत रुप दिने क्रममा निर्माणाधीन भवनलाइ एक तला सम्म पुर्णता दिने र लोकेन्द्र शाह पत्रकारीता पुरस्कार स्थापना गर्ने तथा नेपाल प्रेस युनियनको तर्फवाट स्वर्गिय रविन्द्र शाह पत्रकारीता पुरस्कार स्थापना गर्ने काम समेत गर्न पाएँ । यस्तै उति वेला विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थासंग समन्व्य गरेर जिल्लाका क्रियाशील पत्रकारहरुलाइ प्रोत्साहन गर्ने गरि विभिन्न पुरस्कार तथा सम्मानहरुको व्यवस्था गराउन नेतृत्वको हैसियतले भुमिका खेल्न पाएँ ।

अहिलेको आलोचना र पहिलेको शाख
उतिवेला जिल्लाको पत्रकारीता खास गरि २०५६ देखि पछिको समयमा दिनेश चौधरी, राजेन्द्र कार्की, राजु शाक्य दिनेश श्रेष्ठ, हरिहर सिंह राठौर, वीरवहादुर गिरी शसक्त रुपमा सक्रिय थिए । पछि जनआन्दोलनको रुप चर्किदै गएपनि भीमवहादुर सिंह २०६०वाट कान्तिपुरमा जोडिनु, महेन्द्रराज सिंहले जाजरकोट सन्देश पत्रिका निकाल्ने वेला पत्रकारीताको प्रभाव र शान फरक थियो ।

यसै विच जनआन्दोलनको सफलतापछि पत्रकारीताको शान र प्रभाव झन वढ्दै गयो । यो विचमा दिनेश चौधरी र राजु शाक्यले पत्रकारीता छोडेपछि पत्रकार महासंघको नेतृत्वकर्ता र मिडियाको अवस्थाको हिसावले नयाँ संविधान जारी भएर संघीयता कार्यान्वयन नहुन्जेल सम्म भीमवहादुर सिंह, जनक केसी, राजेन्द्र कार्की वीरवहादुर गिरी, दिनेश श्रेष्ठ, दिपेन्द्र शर्मा ,वद्री पन्त, हेमन्त केसी, सुरेन्द्र सुमन, वालकुमार शर्माको सक्रियता र भुमिका निकै रहयो । उति वेलै ठुला मिडियामा काम गर्ने र नेपाल पत्रकार महासंघको नेतृत्व गर्ने र मुख्य भुमिकामा हामी अर्को पेसामा रहेकाहरु थियौं ।जिल्लाको पत्रकारीताको शसक्तता मात्र हैन उति वेलाको मध्यपस्चिमको पत्रकारीतामा लिड गर्ने समेत हैसियत वनाउनुका साथै जिल्लाका कुनै पनि वहस र छलफलमा समेत हाम्रो सहभागिता र उपस्थिति अर्थपुर्ण मात्रै होइन कुनै कुनैमा निर्णायक पनि हुन्थ्यो ।

राज्यका निकायहरुसंग जिल्लाका हित र चासोका विषयमा समाचार लेखेर मात्र होइन जिल्ला स्तरीय वहस र छलफलमा समेत स्थानीय वासी र राजनैतिक दलहरुको ताकत वनेर हाम्रो प्रस्तुती हुन्थ्यो । एकातर्फ नेपाल पत्रकार महासंघको गरिमा र शाख जोगाउने अर्को तर्फ जिल्लाका सवै मुद्धाहरुमा प्रभावकारी वहस छलफल गर्ने गर्नाले उति वेलाको नेपाल पत्रकार महासंघ, पेसागत संगसंगठनहरु र पत्रकारहरु प्रति हेराइ फरक हुने वनाइएका थियों । हुनत दोहोरो पेसा गर्ने, जागिर खानेले पत्रकारीता गर्ने भनेर आलोचना हुन्थ्यो तर यति आलोचना गरेपनि मिडियाको नेतृत्व गर्ने र नेपाल पत्रकार महासंघलाइ हाँक्ने नेतृत्वको विकल्प भने कसैले नदिने समस्या थियो । व्यक्तिगत रुपमा जो जे भएपनि जिल्लाको आम सरोकार र पत्रकारीताको सन्दर्भमा वलियो एकता र एक स्वर थियो उ वेला ।

यस्तै पत्रकारहरुले कार्यक्रम र अनुगमनमा गए वापत पाउने भत्ता र सुविधाका वारेमा पनि नकरात्मक टिप्पणी हुने गर्थे । पत्रकारले समाचार लेखे धेरै पैसा र तलव मिडियावाट पाउछन् भन्ने गलत र भ्रमपुर्ण मान्यता सवैमा थियो । मै हु भन्ने पत्रकारको पारिश्रमिक समेत महिनाको दस हजार नपुग्ने भएपछि उनीहरुले अर्को पेसाको सहारामा पत्रकारीता गर्नु पर्ने वाध्यता थियो रहर थिएन ।जति आलोचना, विरोध गाली अपमान सहे पनि नेपाल पत्रकार महासंघको सस्थागत गरिमा र जिल्लाको पत्रकारीतालाइ जिल्लावासीको भरोशायोग्य सँस्थाको रुपमा उभ्याउन सफल भएका थियौं । अहिलेका पछिल्ला दिनमा पत्रकारीता गर्दै गरेकाहरुले अगाडिकालाइ गाली गर्छन तर आफनो तर्फवाट गर्नुपर्ने कामका वारेमा हेक्का राख्दैनन् । पत्रकारीता र सँस्थामा आवद्ध हुनु भनेको गाली र नकरात्मक आलोचना मात्र होइन सँस्थागत र पेसागत विकासका लागि सकरात्मक वहस र छलफलको लागि सहभागि हुनु हो। समाचारमा पुर्वाग्रही आक्रोस पोखेर, अग्रज र समकक्षीलाइ अपमान र गाली गरेर हाम्रो मर्यादा जोगाउन सकिदैन । यसका लागि अहिलेका सवै नेतृत्वकर्ताले गम्भीरताका साथ सोच्न पर्छ । सरकार र राज्यले नै ठगेको पत्रकारीता र पत्रकारहरुवाट सवैले सधैं अपेक्षा मात्रै गर्ने तर उनीहरुको लागि साथ सहयोग गर्ने कामै नगर्नु नै हामीले सामना गरिरहेको मुख्य चुनौति हो । यहिनेर व्यावसायिक पत्रकारीताको कुरा, पत्रकार आचार संहिताको कुरा, मर्यादित पत्रकारीताको कुरा आउछ तर कुनै पनि हिसावले पत्रकारलाइ सवल सक्षम र पेसागत हिसावले दक्ष वनाउने कुरा कतैवाट आउदैन । यो समाजमा सवैका वरावर दायित्व र कर्तव्यहरु छन् । सवैका आचार संहिताहरु छन् सवै संग जिम्मेवारीहरु छन् तर गाली र आरोप अरुतिर लगाएर मात्रै हामीले चाहेको विकास र समाज फेला पार्न सकिदैन । हामीले अरुवाट अपेक्षा मात्रै राख्ने तर हामीसंग पनि अरुले अपेक्षा राखेका हुन्छन् भनेर भुल्न कदापि हुदैन ।

धन्यवाद ।

(लेखक केसी नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष हुन् ।)

  • ३ असार २०८०, आईतवार प्रकाशित
  • Nabintech