१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
जाजरकाेटमा सुबिधा सम्पन्न होटल संचालनमा आउने
जाजरकाेटमा सुबिधा सम्पन्न होटल संचालनमा आउने
  • paschimpatra

जाजरकाेट । जाजरकाेटमा सुबिधा सम्पन्न होटल संचालनमा भएकाे छ  ।

जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटक लाई लक्षित गरि ७ करोड ५० लाखको लगानीमा सुबिधा सम्पन्न होटल संचालनमा आउन लागेकाे हाे । जाजरकाेटका उद्ममि तथा उद्याेग वाणिज्य संघ जाजरकाेटका अध्यक्ष रमेश केसीले भेरी नगरपालिका वडा नम्बर ४ शान्ति चाैतारामा आर‍.आर. भेरी ग्रिन हाेटल एण्ड लज खोल्ने अन्तिम तयारीमा पुगेका छन् ।

जाजरकाेट सदरमुकाममा आउने पर्यटक, जिल्लामा हुने सभा सेमिनार सबै लाई लक्षित गरि जिल्ला मै फरक खालको सबै सेवा सुबिधा भएको होटल सन्चालन गर्न लागेको सन्चालक केसीले बताए ।

आफ्नै  जग्गामा अण्डर ग्राउण्ड पार्किङ र लिफ्ट सुबिधा सहितको २४ वटा सुबिधाजन्य कोठा १० वटा साधा काेठा र २ वटा ५ देखी ६ सय क्षमताको सेमिनार हल सहितको होटल नयाँ बर्षकाे अबसर पारेर सन्चालन गर्ने तयारी भैरहेको र जाजरकाेट आउने पाहुनालाई आफ्नो होटलमा नया स्वाद दिएर सन्तुष्ट पार्ने लक्ष रहेको केसीले बताए ।

मध्य पहाडी लोकमार्ग, भेरी करिडोर, जाजरकाेट जुम्ला सडक मार्ग, पर्यटकिय क्षेत्र मालिका र अन्य जाजरकाेटका  पर्यटकिय क्षेत्र लाई लक्षित गरि हाेटेलमा लगानी गरेकाे र आफ्नो होटलले राम्रो बजार लिनेमा केसी बिश्वत देखिन्छन् । केही दिन भित्र सन्चालमा आउने आर‍.आर. भेरी ग्रिन हाेटल एण्ड लजमा  युवा युवतीहरुले रोजगारी समेत पाउने छन् ।

  • १८ चैत्र २०७९, शनिबार प्रकाशित
  • Nabintech