१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
‘आरआरआर’ अब मार्च २५ मा रिलिज हुने
‘आरआरआर’ अब मार्च २५ मा रिलिज हुने
  • न्युज डेस्क

साउथको प्रतिक्षित चलचित्र ‘आरआरआर’ले मार्च २५ लाई नयाँ प्रदर्शन मिति तोकेको छ ।

यसअघि जनवरी ७ मा रिलिज हुने भनिएको चलचित्र कोरोना संक्रमणको तेस्रो लहर शुरु भएपछि पछि सरेको थियो । त्यसपछि यो चलचित्रको निर्माणपक्षले कोरोना संक्रमण कम भएर हल खुलेको अवस्थामा मार्च १८ र नभए अप्रिल २८ बाट प्रदर्शन गर्ने गरी दुईवटा मिति तय गरेको थियो ।

तर अब यो चलचित्र मार्च २५ मा रिलिज हुने भएको छ । एसएस राजामौलीको निर्देशनमा बनेको ‘आरआरआर’मा रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित
  • Nabintech