
१७ मंसीर काठमाडौं । चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ । गीतमा गायक केहर सिंह लिम्बू तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुंगा’को स्वर छ ।गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको रिलिज मिति पनि घोषणा गरेको छ । ‘कुमारी’ आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउनेछ ।
प्रेम कथामा आधारित चलचित्र ‘भ्यालेन्टाइन डे’नजिक परेर रिलिज गर्न लागिएको हो ।दिनेश राउतले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा अविषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन् । दुवै कलाकार यसै चलचित्रमार्फत मुख्य भूमिकामा डेब्यु गर्न लागेका हुन् ।