१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
टी–२० विश्व कप छनोट : उद्घाटनमा नेपाल र ओमान खेल्ने
टी–२० विश्व कप छनोट : उद्घाटनमा नेपाल र ओमान खेल्ने
  • paschimpatra

फाइल तस्बिर

फाइल तस्बिर

काठमाण्डौ । आईसीसी विश्व कप टी–२० ग्लोबल छनोट ए अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज शुक्रवार सार्वजनिक गरेको टी–२० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमानबीच उद्घाटन खेल हुने भएको हो ।

ग्लोबल छनोटअन्तर्गत नेपाल रहेको समूह ए मा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । यी आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह १ मा नेपाल, ओमान, क्यानडा, र फिलिपिन्स छन् भने समूह २ मा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी छन् । ओमानमा नै आयोजना हुने उद्घाटन खेल आउँदो फागुन ६ गते हुनेछ । यस समूहमा फाइनल पुग्ने दुई टोलीले आउँदो अक्टोबर नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा स्थान बनाउने छन् ।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल फिलिपिन्ससँग फागुन ७ मा खेल्नेछ भने तेस्रो खेल क्यानडासँग फागुन ९ गते खेल्नेछ ।

नेपालले विश्व कप छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० शृङ्खला खेल्नेछ । ओमानमा हुने त्यो शृङ्खलामा नेपालसहित यूएई, आयरल्यान्ड र घरेलु टोली ओमानबीच प्रतिस्पर्धा हुनेछ । त्यो शृङ्खला माघ २८ देखि फागुन २ गतेसम्म हुनेछ ।

नेपालले पहिलो खेल माघ २८ गते ओमानसँग खेल्नेछ भने दोस्रो खेल माघ २९ गते यूएईसँग खेल्नेछ । त्यस्तै नेपालले तेस्रो खेल फागुन २ गते आयरल्यान्डसँग खेल्नेछ ।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित
  • Nabintech