२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
भक्तपुर फिल्म फेस्टिभल चैत ६ र ७ गते हुने
भक्तपुर फिल्म फेस्टिभल चैत ६ र ७ गते हुने
  • न्युज डेस्क

२८ फागुन काठमाडौं । भक्तपुरमा चैत ६ र ७ मा ‘भक्तपुर फिल्म फेस्टिभल हुने भएको छ । भक्तपुरका युवा चलचित्रकर्मीहरूको समूहले पहिलोपटक यो फेस्टिभल आयोजना गर्न लागेको हो ।किरण किलम्बू, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो ।

भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ चलचित्रकर्मीलाई प्लेटफर्म दिने उद्देश्यले यो महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक किरण किलम्बूले बताए ।दुई दिने यो महोत्सवमा २४ वटा चलचित्र देखाइने छन् ।

  • २८ फाल्गुन २०८२, बिहीबार प्रकाशित
  • Nabintech