
२६ फागुन सुर्खेत । सुर्खेतमा १६ वर्षिया किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ।सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा वीरेन्द्रनगरकै चार जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका रहेको प्रहरीले जानकारी दिएको छ।इनिसा २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएकी थिइन् ।कक्षा ११ मा अध्ययनरत इनिसाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।