
४ माघ काठमाडौं । आयोजक भारतले टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणमा लगातार तेस्रो जित निकालेको छ ।भर्खरै सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६१ रनले हराएको हो ।
योसँगै भारतले सुपर एटमा स्थान पनि बनाएको छ । पराजित भए पनि यसअघिका दुई खेल जितेको पाकिस्तानको पनि सम्भावना भने कायमै छ ।भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमै अलआउट भयो ।