३१ भाद्र २०८२, मंगलवार
३१ भाद्र २०८२, मंगलवार
भारतमा गाडी दुर्घटनामा सल्यानका ४ जनाको मृत्यु
भारतमा गाडी दुर्घटनामा सल्यानका ४ जनाको मृत्यु
  • न्युज डेस्क

३१ भदौं सल्यान । भारमा भएको गाडी दुर्घटनामा एउदै जिल्लाका ४ जना नेपालीको मृत्यु भएको छ । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका छन् ।मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका ४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् ।

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । तीन जना मृतक एकै परिवारका हुन् ।प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो । लक्ष्मी घाइते अवस्थामा अस्पताल पुर्‍याइएकी थिइन् तर उपचारका क्रममा उनको पनि मृत्यु भएको थियो । गम्भीर घाइते भएका अर्का यात्रु डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएको थियो तर उपचारकै क्रममा उनको पनि मृत्यु भएको थियो ।

  • ३१ भाद्र २०८२, मंगलवार प्रकाशित
  • Nabintech