५ साउन बाँके । आफनै बाबुलाई हत्या गर िफरार भएको छोरा पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय कोहलपुर बाकेका अनुसार पक्राउ पर्नेमा, बाँकेको बौजनाथ गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष ३२ को भाविलाल भन्ने भुपेन्द्र रोकाय रहेका छन।
गएको जेठ २१ गते बेलुका आफ्नै बाबु बर्ष ६० को टोप बहादुर रोकायको हत्यागरी फरार भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मी खनालले जानकारी दिनुभयो।टिभी हेर्ने विषयमा विवाद हुदा भुपेन्द्रले बाबुमाथि दाउरा र धारिलो हतियार प्रहारगरी हत्या गरेको डिएसपी खनालले बताउनुभयो।फरार भुपेन्द्रको खोजतलास गर्ने क्रममा बैजनाथ २ मकैबारीमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।