२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार
बाँके जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु
बाँके जंगली हात्तिको आक्रमणबाट महिलाको मृत्यु
  • न्युज डेस्क

२७ असार बाँके । बाँकेमा हात्तिको आक्रमण बाट शुक्रवार एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको बैजनाथ–१ देउराली हात्तिसारमा बर्दिया राष्ट्रिय निकुञ्जवाट आएको जंगली हात्तिको बथानले आक्रमण गर्दा च्याउ टिप्न जंगल गएकी एक महिलाको ज्यान गएको हो ।ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शुक्रबार बिहान करिव सवा ८ बजेतिर घटेको सो घटनामा परेर चिसापानीकी ४५ वर्षिया पुर्णिमा बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

जंगलमा च्याउ टिप्न गएको बेलामा एक्कासी जंगली हात्तिको झुण्डले फेला परी आक्रमण गरेको बताइएको छ ।आक्रमणबाट गम्भीर आवस्थामा रहेकी बुढालाई उपचारार्थ शिक्षण अस्पताल कोहलपुर पुराएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घटनास्थल बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने जनाईएको छ ।

  • २७ असार २०८२, शुक्रबार प्रकाशित
  • Nabintech