१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
ठूलो परिमाणमा अफिमको दाना जमुनाहा नाकाबाट नियन्त्रणमा
ठूलो परिमाणमा अफिमको दाना जमुनाहा नाकाबाट नियन्त्रणमा
  • paschimpatra

बाँके । भारत लैजाँदै गरेको २५० बोरा अफिमको दाना जमुनाहा नाकाबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

नेपालबाट भारततर्फ फर्किरहेको आर.जे ०९ जीबी ४५४२ नम्बरको कन्टेनर भारत छिर्न शुक्रवार विहान जमुनाहामा पुगेर इन्ट्री गराउने क्रममा सोधपुछ गर्दा चालक भागेपछि कन्टेनर नियन्त्रणमा लिई खानतलाशी गर्दा ठूलो परिमाणमा अफिमका दाना भरिएका बोराहरु भेटिएको हाे ।

निकासी प्रमाणीकरणबिनाको लकमा शील गरेर कन्टेनर जमुनाहा नाकाबाट भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जमुनाहा प्रहरी प्रमुख वरिष्ठ सई माधव रिजालले बताए ।

कन्टेनरको लकर फोडेर हेर्दा त्यसमा सयौंको संख्यामा भरिएका बोराहरु भेटिएको र हालसम्म खोलिएका बोरामा अफिमको दाना (पोश्ता दाना) फेला परेको प्रमुख वरिष्ठ सई रिजालले बताए ।

कन्टेनरमा करिब २५० बोरा रहेको प्रहरीले ती सबै बोरा खोलेर चेकजाँच गर्ने कार्य गरिरहेको पनि प्रमुख वरिष्ठ सई रिजालले बताए ।

यतिधेरै सामान लोड भएको र सिलबन्दी गरिएको कन्टेनर मुख्य भन्सार कार्यालय नेपालगन्ज पार गरेर सीमानासम्म कसरी पुग्यो सो बारेमा पनि अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

तर नेपालगन्जको जमुनाहामा पनि भन्सारको मुख्य कार्यालय रहेकाले त्यहाँ नियन्त्रणमा लिंदा पनि भन्सारका कर्मचारीसमेत संलग्न हुन सक्ने धेरैले अनुमान गरेका छन् ।

अवैधरुपमा मुख्य नाकाबाटै भारत लैजान खोजिएको अफिमको दाना भनेको पोश्ता दाना हो । यो निकै महंगो पर्ने गरेको र विशेषगरी मासुका परिकार र औषधीमा प्रयोग गर्ने गरिन्छ ।

सो दाना टर्कीबाट आएको र भारततर्फ तस्करी हुने गरेको आशंका प्रहरीले प्रारम्भिक अनुसन्धानमा गरेको छ । सो दाना नेपालभन्दा भारतमा धेरै महंगोमा बिक्री हुने गरेको बताइएको छ ।

कन्टेनरमा भित्र गोप्य कोठा बनाएर लकरजस्तो गरी २५–२५ किलोका करिब २५० बोराहरु फेला परेको जमुनाहा प्रहरी प्रमुख वरिष्ठ सई माधव रिजालले बताए ।

उनले सो कन्टेरनरको चालकको खोजीसँगै यो कस्को हो र कहाँबाट आएर कहाँ गैरहेको हो भन्ने कुराको पनि अनुसन्धान भैरहेको बताए ।

  • १७ असार २०७९, शुक्रबार प्रकाशित
  • Nabintech