११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
भेरी नदीमा महिलाको शव फेला
भेरी नदीमा महिलाको शव फेला
  • Paschimpatra

जाजरकोट । भेरी नगरपालिका– १२ बिस्नाचौरस्थित भेरी नदीको बीच टापुमा एक महिलाको शव फेला परेको छ ।

औंशा किरा परेको, कपाल फुलेको, शरीरको माथिल्लो भागमा मखमलको निलो चोली लगाएको, पेटको बीच भागाम सेतो कपडाले बाँधिएको तथा शरीरको तल्लो भागमा कुनै कपडा नरहेको महिलाको शव भेटिएको प्रहरीले जनाएको छ बायाँ हातमा पहेलो रातो रंगको पलास्टिको ३ वटा चुरा (कडा) लगाएको अन्दाजी ५५/६० वर्षकी महिलाको शव मंगलबार दिउँसो करिब ३ बजेको समयमा फेला परेको प्रहरीले जनाएको छ। महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शवको अहिलेसम्म सनाखत नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हालै कोही महिला हराएको-वेपत्ता भएको भए जानकारी गराउन र शवको पहिचानमा सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ ।

  • २२ चैत्र २०७८, मंगलवार प्रकाशित
  • Nabintech