९ असार सुर्खेत । सुर्खेतमा भएको ट्रयाक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।पञ्चपुरी नगरपालिका ८ का २८ वर्षीय राजु कामी र ३० वर्षीय भवाने कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।मध्यराति १ बजेतिर क प्र ०२–००१ त ०२८३ नम्बरको ट्याक्टर सडकबाट झन्डै २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनजंग बडले बताउनु भयो ।
गम्भीर भाइते तीन जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार जारी छ। बाँकी ६ जनाको चौकुने गाउँपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार उपचार भइरहेको छ।