१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार
१६ दिनकी सुत्केरी भाउजूको देवरले गरे हत्या
१६ दिनकी सुत्केरी भाउजूको देवरले गरे हत्या
  • न्युज डेस्क

८ असार कैलाली । कैलालीमा १६ दिनकी सुत्केरीको हत्या उनकै देवरले गरेको प्रहरीले जनाएको छ । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको आफ्नै देवरले हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।विगतदेखिको सामान्य विवाद र सुनका गहनाका कारण आफूले भाउजूको हत्या गरेको पक्राउ परेका नवीन नाथले प्रहरीलाई बयान दिएका छन् ।

‘भाउजू सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरे, उहाँले कानमा लगाएको गहना निकाले र शव बाहिर लगेर नालीमा फालिदिए’ प्रहरीसमक्ष उनले बयान दिएका छन् ।इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी रणबहादुर चन्दले पनि सहोदर देवरले तुलसी नाथको हत्या गरेको अनुसन्धानबाट खुलेको बताए ।नवीनले सुनका गहनाका लागि आफूले हत्या गरेको स्वीकार गरिसकेको उनले बताए ।भाउजूको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको भन्दै आफ्नो बुवालाई दिएको सूचनाको आधारमा प्रहरीले घटनामा उनको संलग्नता भएको पुष्टि गरेको थियो ।

  • ८ असार २०८२, आईतवार प्रकाशित
  • Nabintech