१३ बैशाख २०८२, शनिबार
१३ बैशाख २०८२, शनिबार
मर्यादित, शान्तिपूर्ण र सामाजिक सद्भावयूक्त वातावरणमा हाेली मनाउन प्रशासनकाे आग्रह
मर्यादित, शान्तिपूर्ण र सामाजिक सद्भावयूक्त वातावरणमा हाेली मनाउन प्रशासनकाे आग्रह
  • paschimpatra

जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले होली पर्वलाई मर्यादित र शान्तिपूर्ण तवरले मनाउन आग्रह गरेको छ । मंगलबार प्रशासनले एक सूचना जारी गर्दै होली पर्वलाई मर्यादित, शान्तिपूर्ण र सामाजिक सद्भावयूक्त वातावरणमा मनाउन आग्रह गरेको हो । प्रशासकीय अधिकृत समिर गौतमद्दारा हस्ताक्षर गरिएको सूचना कानुनको पालना गर्दै होली पर्वलाई मनाउन समेत आग्रह गरिएको छ ।

होली पर्वको नाममा कसैको इच्छा विपरित जवर्जस्ती रंग लगाउने,लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, सार्वजनिक स्थानमा हो—हल्ला, झै—झगडा गर्ने अरुलाई जिस्काउने लगायतका कार्य नगर्ने, मादक पदार्थ तथा नशालु पदार्थ खाने,खुवाउने एवं मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, चर्को आवाजमा साउन्ड सिस्टम९ डिजे० बजाई अरुलाई डिस्टर्व गर्ने लगायत व्यक्तिको निजी जीवनमा असर पर्ने खालका अवाञ्छित कार्यहरु नगर्ने, नगराउने भन्दै तीन बुद्दे निर्देशन जारी गरेको छ ।

कानुन विपरीतका कृयाकलापमा संग्लन भएको पाईएमा कानुन बजोजिम कार्वाही गरिने प्रशासनको सूचनामा उल्लेख गरिएको छ । विहीबार पहाडमा भोली मनाईदैछ ।

  • २८ फाल्गुन २०८१, बुधबार प्रकाशित
  • Nabintech