जाजरकोट । जाजरकोट जिल्लाको कुशे गाउँपालिका–८, ग्राक्लीमा गएराति १२ बजे अचानक आगलागी हुँदा १२ वर्षीय बालकको मृत्यु भएको छ ।
स्थानीय जनक रोकायको घरमा लागेको आगोले घर पूर्ण रूपमा नष्ट हुनुका साथै भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुर्याएको छ ।
आगलागी हुँदा अन्य परिवारका सदस्यहरूलाई सकुशल उद्धार गरिएको तर १२ वर्षीय बालकको ज्यान जोगाउन नसकिएको र घटनाको प्रारम्भिक विवरण अनुसार आगलागीमा अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, काठपात र नगद १ लाख २५ हजार रुपैयाँ नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रशासन र प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएका छन् र आगलागी नियन्त्रण गर्ने काम विहान ४ः१५ बजे सम्पन्न भएको प्रहरीले जानकारी दिएको छ ।