२७ फाल्गुन २०८१, मंगलवार
२७ फाल्गुन २०८१, मंगलवार
भारतलाई च्याम्पियन्स ट्रफी
भारतलाई च्याम्पियन्स ट्रफी
  • न्युज डेस्क

२६ फागुन काठमान्डौ । फाइनलमा न्युजिल्यान्डविरुद्ध चार विकेटको जित निकाल्दै भारतले आईसीसी च्याम्पियन्स ट्रफी–२०२५ को उपाधि जितेको छ ।आइतबार युनाइटेड अरब इमिरेट्स यूएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

भारतको जितमा जितमा कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए । उनले ३ बलमा सात चौका र तीन छक्का प्रहार गरे । श्रेयस ऐयरले ४ रन जोडे । केएल राहुलले ३४, सुभमन गिलले ३१, अक्षर पटेलले २९ र हार्दिक पान्ड्याले १८ रन थपे ।न्युजिल्यान्डका माइकल ब्रासवेल र मिचेल स्यान्टनरले समान दुई विकेट लिए । रचिन रविन्द्र र काइल जामिसनले समान एक विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २५१ रनको योगफल खडा गरेको थियो ।

  • २६ फाल्गुन २०८१, सोमबार प्रकाशित
  • Nabintech