१३ बैशाख २०८२, शनिबार
१३ बैशाख २०८२, शनिबार
सुर्खेतमा फोर्स गाडी दुर्घटना एक जनाको मृत्यु १५ जना घाइते
सुर्खेतमा फोर्स गाडी दुर्घटना एक जनाको मृत्यु १५ जना घाइते
  • न्युज डेस्क

१५ फागुन सुर्खेत । सुर्खेतमा भएको फोर्स गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को बाङ्गेसिमलमा बिहीबार दैलेखको दुल्लुबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको फोर्स गाडी दुर्घटनामा गम्भिर घाइते भएकाबराहताल गाउँपालिका–५ सुर्खेतका २८ वर्षीय भावना लामिछानेको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिनु भयो ।

दुर्घटनामा परी १६ जना घाइते भएका थिए ति मध्ये आठ जनाको प्रदेश अस्पताल, पाँच जनाको माया नर्सिङ होम र तीन जनाको कर्णाली केयरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले बताउनु भयो ।

  • १५ फाल्गुन २०८१, बिहीबार प्रकाशित
  • Nabintech