२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार
मलद्वारमा सुन लुकायर ल्याउने ३ जना विदेशी महिला पक्राउ
मलद्वारमा सुन लुकायर ल्याउने ३ जना विदेशी महिला पक्राउ
  • न्युज डेस्क

१५ फागुन काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन् । बुधवार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानको नागरिक सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तीनै जना महिला रहेका छन् ।उनिहरुले मलद्धारमा ३ किलो ७४५ ग्राम सुन लुकायर ल्याएका थिए ।

४ जनाको टोली आएको मध्ये तीन जना महिलाको साथबाट साढे ३ किलो बढी सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता लालबाबु सुवेदीले जानकारी दिनु भयो ।उनका अनुसार ४ जनामध्ये एक जना पुरूष हुन् । उनको साथबाट भने सुन बरामद नभएता पनि उनीहरू एउटै समूहका हुन् । तीन महिलाले मलद्वारमा डल्लो बनाएर ल्याएको प्रवक्ता सुवेदीले बताउनु भयो ।

  • १५ फाल्गुन २०८१, बिहीबार प्रकाशित
  • Nabintech