४ चैत्र २०८१, मंगलवार
४ चैत्र २०८१, मंगलवार
सल्यानमा मिनी ट्रक दुर्घटनामा चालकको मृत्यु
सल्यानमा मिनी ट्रक दुर्घटनामा चालकको मृत्यु
  • न्युज डेस्क

१३ फागुन सल्यान । सल्यानमा मध्यराति भएको मिनी ट्रक दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ३ झारमङ्ग्राका ३५ वर्षीय चालक हरि चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

राति ११ः ५५ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ फारुवाबोट नजिकै रा १ क ५३० नम्बरको खाली मिनी ट्रक दुर्घटनामा परेको थियो।उपचारका लागि जिल्ला अस्पताल सल्यान खलंगा ल्याइएका चालक चन्दलाई बिहान ६ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।रोल्पाको झ्यामबाट सल्यानको दमाचौर आउँदै गरेको उक्त मिनी ट्रक सडकदेखि ५० मिटर तल खसेको प्रहरीले बताएको छ।

 

  • १३ फाल्गुन २०८१, मंगलवार प्रकाशित
  • Nabintech