२७ बैशाख २०८२, शनिबार
२७ बैशाख २०८२, शनिबार
सशस्त्र प्रहरीका इन्सपेक्टर जोशी पक्राउ
सशस्त्र प्रहरीका इन्सपेक्टर जोशी पक्राउ
  • न्युज डेस्क

१३ फागुन काठमाडौं । सशस्त्र प्रहरीको मृत्यु प्रकरणमा सशस्त्र प्रहरी नै पक्राउ परेका छन । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्सपेक्टर विवेक जोशी पक्राउ परेको प्रहरीले जनाएको छ ।

ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए । उजुरी दर्ता भएपछि जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तत शर्माले जानकारी दिनु भयो ।पक्राउ परेका इन्सप्क्टर २३ नं गण तनहुँमा कार्यरत रहेको बताइएको छ । जोशी र सन्तोषी प्रेमी   प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण सन्तोषीले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।

  • १३ फाल्गुन २०८१, मंगलवार प्रकाशित
  • Nabintech