१२ फागुन प्युठान । प्युठानमा दम्पती हत्या आरोपमा भतिजालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा रामबहादुर र हुकुमा परियार दम्पतीको हत्या उनकै भतिजाद्वारा भएको खुलेको हो ।
शनिबार दिउँसो रातापानीका ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती हुकुमा परियार घरमै क्षतविक्षत अवस्थामा मृत भेटिएका थिए । घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरीले हत्या गरेको आरोपमा रामबहादुर–हुकुमाको भतिज ३४ वर्षीय पङ्कज परियारलाई पक्राउ गरेको छ। दुई दिनदेखि घटनाको अनुसन्धान गर्न घटनास्थल बसेका जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी दिपेश बस्यालका अनुसार, परियार दम्पती मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।