२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार
स्वर्गीय शाहको स्मृतिमा जाजरकोट अस्पतालमा फलफूल वितरण
स्वर्गीय शाहको स्मृतिमा जाजरकोट अस्पतालमा फलफूल वितरण
  • paschimpatra

जाजरकोट । स्वर्गीय आपूर्ति सहायक मन्त्री तेज विक्रम शाहको तेस्रो स्मृति दिवसका अवसरमा जिल्ला अस्पताल जाजरकोटमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।

स्मृति दिवसको अवसरमा स्वर्गीय शाहका छोरा कृष्ण विक्रम शाह तथा पूर्व राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले बिरामीहरूलाई फलफूल वितरण गर्नुभएको थियो। कार्यक्रममा स्वर्गीय सहायक मन्त्री तेज विक्रम शाहले जाजरकोटको विकासमा पुर्याएको योगदानका बारेमा चर्चा गरिएको थियो ।

उक्त अवसरमा नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह, नेकपा एमाले जाजरकोटका उपाध्यक्ष विश्व विक्रम शाहलगायत विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमले स्वर्गीय शाहको योगदानको स्मरण गर्दै सामाजिक सेवाका गतिविधिहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिएको थियो। सहायक मन्त्री शाहको ९१ वर्षको उमेरमा  २०७८ माघ २९ गतेका दिन निधन भएको थियो ।

  • २९ माघ २०८१, मंगलवार प्रकाशित
  • Nabintech