१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार
शारिरीक सम्पर्क गर्न नमानेकै कारण २ किशोरीको हत्या
शारिरीक सम्पर्क गर्न नमानेकै कारण २ किशोरीको हत्या
  • न्युज डेस्क

१९ माघ अछाम । अछाममा केहि दिन पहिले २ जना किशोरीको हत्या शारीरिक सम्पर्क गर्न नदिएका कारण भएको प्रहरीले दावी गरेको छ ।
अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको बाख्रा चराउन गएका बेला हत्या भएको थियो ।

अछाम प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा दुई किशोरीको हत्या गरिनुको मुख्य दुई वटा कारण खुलाइएको छ । जसमा मायाको चिनो चुन्नी माग्दा नदिएको, शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको उल्लेख गरिएको छ ।प्रहरीले दुई किशोरीको हत्या प्रकरणमा १५ र १७ वर्षका दुई जना बालक पक्राउ परेको जनाएको छ । प्रहरीले उनिहरु बालक भएकाले उनीहरूको नाम नखुलाइएको अछामका प्रहरी, प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताउनु भयो ।

  • १९ माघ २०८१, शनिबार प्रकाशित
  • Nabintech