४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार
शिक्षक बढुवा गर्दै आयोग, माग्यो आवेदन
शिक्षक बढुवा गर्दै आयोग, माग्यो आवेदन
  • paschimpatra

काठमाण्डाै । शिक्षक सेवा आयोगले शिक्षक पदको बढुवाका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले सामुदायिक विद्यालयहरूमा प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षक पदहरूमा बढुवाका लागि आवेदन मागेको छ।

ष्लखयतभअज
आन्तरिक प्रतियोगितात्मक परीक्षा ९२५ प्रतिशत० र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवा ९७५ प्रतिशत० द्वारा रिक्त प्रथम र द्वितीय श्रेणीमा शिक्षक बढुवा गर्दै पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरिएको आयोगले जनाएको छ।

चैत मसान्तसम्म पाँच शैक्षिक सत्रको नोकरी अवधि पूरा गरेका सम्भाव्य उम्मेदवारहरूबाट माघ १२ देखि आन्तरिक प्रतियोगितात्मक परीक्षाका हकमा online.tsc.gov.np बाट र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाको हकमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा दरखास्त पेश गर्न पनि आयोगले आग्रह गरेको छ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित
  • Nabintech