१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार
३३ औं अपाङ्गगता दिवश
३३ औं अपाङ्गगता दिवश

भेरी र नलगाड नगरपालीकामा सम्पन्न, १२ जना अपाङ्गगता भएका बालवालिकालाई न्यानो कपडा, शैक्षिक सामाग्री

  • पश्चिम पत्र, जाजरकोट

३३ औं अपाङ्गगता दिवश डिसेम्बर ३ का दिन भेरी र नलगाड नगरपालिकामा छुट्टा छुट्रटै कार्यक्रमको आयोजना गरि यस वर्ष संयुक्त राष्ट्रसंघले तय गरेको अन्तराष्ट्रिय नारा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार अपाङ्गगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार” भन्ने मूल नाराका साथ दुवै नगरपालिकामा कार्यक्रम मनाइएको थियो ।
नलगाड नगरपालीका वडा नं. ४ मा रहेको जनता आधारभुत बिद्यालयमा नगर प्रमुख डम्बर बहादुर रावत, उप प्रमुख देवका लामीछाने र प्रमुख प्रशासकीय अधिकृत गोपाल शाही र सरोकारवाला विभिन्न ब्यक्तीको उपस्थितीमा ३३ औं अपाङ्गगता दिवशको कार्याक्रम मनाइएको थियो ।
कार्यक्रममा पाँचतारा युवा संरक्षक मञ्च जाजारकोटको र स्वास्थ्य पुनस्र्थापना तथा आर्थिक सामाजिक सेवामा पहुँच वृद्धि परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा जनता आधारभुत विद्यालयमा अध्ययनरत १२ जना अपाङ्गगता भएका बालवालिकालाई न्यानो कपडा (ज्याकेट र ट्राउजर) प्रतिब्यक्ती २ हजार ३ सय बराबरको सामाग्री वितरण गरिएको थियो । उक्त कार्यक्रममा शैक्षिक सामाग्री कापी, कलम नेत्र ज्योती संघले वितरण गरेको थियो ।
त्यसैगरी भेरी नगरपालिकामा जिल्ला समन्वय समितिका उपप्रमुख दल बहादुर सिंह, नगर प्रमुख चन्द्र प्रकाश घर्ती र नगर उपप्रमुख सिता जैसी लगायत विभिन्न ब्यक्तीको उपस्थितीमा अपाङ्गता भएका ब्यक्तीका विभिन्न नीतिगत तथा ब्यवहारीक बिषयमा छलफल गरीएको थियो । कार्यक्रममा अपाङ्गता भएका ब्यक्तीहरु मध्य हस्त बहादुर वि.क भेरी नगरपालीका वडा नं. ३, गोपाल कार्की भेरी ८, नन्दराम पौडेल भेरी ९ जम्मा ३ जनालाई स्नातक तह उर्तिणगरी समाजमा सक्रिय रहेको आधारमा प्रमाणपत्र खादा सहित सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा आर्थिक तथा प्राविधीक सहयोग पाँचतारा युवा संरक्षक मञ्चले गरेको थियो । त्यसैगरी कार्यक्रममा नेपाल नेत्र ज्योती संघ, सिएमसी नेपाल र भेरी नगरपालिको आयोजना समन्वय सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा आगामी दिनहरुमा पालिकामा रहेका अपाङगता भएका व्यक्तिको विस्तृत विवरण सहित तथ्याङ्क संकलनमा एकरुपता ल्याउन र सोहि अनुसार क्रियाकलाप संचालन गर्ने सम्वन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

  • १८ मंसिर २०८१, मंगलवार प्रकाशित
  • Nabintech