२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार
१३ वर्षपछि नेपालले अफगानिस्तानलाई हरायो
१३ वर्षपछि नेपालले अफगानिस्तानलाई हरायो
  • न्युज डेस्क

२ मंसीर काठमान्डौ । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २.० गोल अन्तरले हराएको छ । दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो ।नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो ।

पछिल्लो पटक सन् २०११ मा भएको एएफसी च्यालेन्ज कप छनोटमा नेपालले अफगानिस्तानलाई १.० ले हराएको थियो । दशरथ रंगशालमा भएको त्यस खेलमा भरत खवासले गोल गरेका थिए ।डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा भएको खेलमा नेपालका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक एक गोल गरे । दुवै गोल‌ दोस्रो हाफमा भएको थियो ।

  • २ मंसिर २०८१, आईतवार प्रकाशित
  • Nabintech