२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार
दार्चुला दुर्घटना अपडेट : ८ जनाको मृत्यु , घाइतेलाई धनगढि लगियो
दार्चुला दुर्घटना अपडेट : ८ जनाको मृत्यु , घाइतेलाई धनगढि लगियो
  • न्युज डेस्क

३० कात्तिक, दार्चुला  शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–५ बस्ने ४० वर्षीया मीना लेखकको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतले जानकारी दिनु भयो । यस्तै, बैतडीको डिलासैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ

गम्भिर घाइतेलाईहेलिकोप्टरले पहिलो खेपमा जिप चालक सुनिल जोशीसहित डिलासैनी ४ बैतडीका उत्तम रोकाया, सुनिलदत्त जोशी र सन्जीव रावललाई उपचारका लागि धनगढी लगेको छ ।दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहित तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उपचार गर्न धनगढी ल्याइएको हो । घाइतेहरुलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

  • ३० कार्तिक २०८१, शुक्रबार प्रकाशित
  • Nabintech