२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार
कालिकोट जीप दुर्घटना अपडेट : यी हुन मृत्यु हुने र घाइते
कालिकोट जीप दुर्घटना अपडेट : यी हुन मृत्यु हुने र घाइते
  • न्युज डेस्क

२५ कात्तिक कालिकोट । कालिकोटमा भएको जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान भएको छ । कालिकोटको पलाँता गाउँपालिका–३ राडुमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको हो प्रहरीले यसअघि ९ जनाको मृत्यु भएको हुन सक्ने बताएको थियो ।मृत्यु हुनेमा पलाँता गाउँपालिका–६, का पदमबहादुर बम, दसकला शाही, भगवती रोकाया, गणेश शाही, वडा नम्बर ५ का छाया शाही र दमन रोकाया रहेका छन् ।

घाइते हुनेमा पलाँता गाउँपालिका–६, का केशव थापा, विजय थापा, किशोर थापा, रिदम शाही, प्रतिपक्षा शाही, आशिष रोकाया, भूपेन्द्र रोकाया रहेका छन् ।यस्तै वडा नम्बर ६ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया रहेका छन् ।ठेगाना नखुलेका चालक धनिराम रावत, पलाँता–५, का दोली विक, आयुशा विक गरी १३ जना घाइते छन् । घाइते सबैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक गोविन्द्र चौधरीले बताए ।घाइतेहरुमा कालीकोट पलाँता ६ बस्ने वर्ष नखुलेको केशव थापा सिकिस्त रहेका छन्। घाइतेमध्ये विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भुपेन्द्र रोकाया पनि सिकिस्त रहेका छन्। घाइते सबैलाई नेपाली सेनाको हेलिकप्टोरमार्फत सुर्खेत विमानस्थल र त्यहाँबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।१९ जना सवार बोलेरो जीप आइतबार २ः५० बजे कालिकोट पलाँता गाउँपालिका–३ राडुमा दुर्घटना भएको थियो । उक्त जीप वडा नम्बर ५ को खिनदेखि थिर्पुतर्फ जाँदै थियो । जीप सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ

  • २५ कार्तिक २०८१, आईतवार प्रकाशित
  • Nabintech