२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार
जाजरकोटमा पहिलोपटक खानेपानी परिक्षण प्रयोगशाला स्थापना
जाजरकोटमा पहिलोपटक खानेपानी परिक्षण प्रयोगशाला स्थापना
  • paschimpatra

जाजरकोट । जिल्लामा पहिलो पटक खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला स्थापना भएको छ ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थान विभाग र जाजरकोट खलङ्गा सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आर्थिक सहयोगमा उक्त प्रयोगशाला सन्चालनमा ल्याइएको हो ।

डब्लुएचओको प्राविधिक सहयोगमा सन्चालन गरिएको प्रयोगशाला विभिन्न १२ वटा प्यारामिटरमा पानीको गुणस्तर जाच गर्न सकिने उपभोक्ता समितिका अध्यक्ष किरण कुमार भण्डारीले बताए । जाजरकोटमा स्थापना गरिएको प्रयोगशाला कर्णाली प्रदेशकै दोश्रो हो । यस अघि यस्तो प्रयोगशाला सुर्खेतमा मात्रै रहेको थियो । उक्त प्रयोगशालामा डिस्टिल वाटर समेत उत्पादन गरिने अध्यक्ष भण्डारीले बताए ।

प्रयोगशालाको उद्घाटन गर्दै भेरी नगरपालिकाका मेयर चन्दप्रकाश घर्तीले खानेपानीको जाचले उपभोक्ताहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए । दुषित खानेपानीका कारण विभिन्न रोग लाग्ने र त्यसले नागरिकको स्वास्थ्य सङै आर्थिक क्षेत्रमा समेत क्षेति गर्ने भन्दै मेयर घर्तीले प्रयोगशाला स्थापना पछि खानेपानीमा शुद्धता ल्याइ स्वस्थ जीवन जिउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ।

प्रयोगशाला मा आफ्ना उपभोक्ता लाई निशुल्क रुपमा खानेपानीको गुणस्तर जाच गरिने छ भने अन्य उपभोक्ता लाई शुल्क लिएर परिक्षण गरिने उपभोक्ता समितिका अध्यक्ष भण्डारीको भनाई छ ।

यस प्रयोगशालाबाट जाजरकोट सहित अन्य छिमेकी जिल्लाका नागरिकहरुले समेत सेवा प्राप्त गर्न सक्नेछन ।

  • २५ कार्तिक २०८१, आईतवार प्रकाशित
  • Nabintech