२३ कात्तिक जाजरकोट । नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ।
कांग्रेस कर्णाली प्रदेश समितिको बिहीबारको बैठकले इन्द्रा चन्द सिंहलाई उपप्रमुख उम्मेदवार बनाउने निर्णय गरेको हो। जिल्ला कार्यसमितिले सिंहको नाम मात्रै सिफारिस गरेर प्रदेशमा पठाएको थियो।अहिले उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार भएकी ईन्द्रा यसअघिकी उपप्रमुख सरिताकी भाइकी श्रीमती हुन्।प्रदेश संसदीय समितिले उपप्रमुख उम्मेदवार सिंहलाई बनाउने निर्णय गरेको प्रवक्ता दमन शाहीले जानकारी दिए।उपप्रमुख पदको उम्मेदवारलाई दिइने टिकटमा भने सभापति शेरबहादुर देउवाको हस्ताक्षर हुनेछ।नलगाडका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गतेको भूकम्पमा परेर मृत्यु भएको थियो।सरिता कांग्रेसबाटै उम्मेदवार भएर उपप्रमुख विजयी भएकी थिइन्।