६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार
राष्ट्रिय खेलाडी पुजालाई काेहलपुर नगरपालिकाकाे सम्मान
राष्ट्रिय खेलाडी पुजालाई काेहलपुर नगरपालिकाकाे सम्मान
  • paschimpatra

कोहलपुर । कोहलपुर नगरपालिकाले राष्ट्रिय खेलाडी पुजा रानालाई सम्मान गरेको छ ।

राष्ट्रिय खेलाडी पुजा रानालाई नगद ५१ हजार तथा प्रमाणपत्र सहित सम्मान गरेको हो ।

साफ महिला फुटबल प्रतियोगितामा बंलादेशसँग पराजित हुदैँ साफ महिला फुटबल प्रतियोगिताको उप विजेता भएको थियो ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले राष्ट्रको पहिचान र गहनाको रुपमा खेलाडिहरुले देशको नाम उच्च राखेको बताए ।

उनले स्थानीय स्तरमा खेलाडीहरुको उत्पादनमा पछिल्लो समय कोहलपुर नगपालिकाले स्कुल स्तरका खेल तथा गोल्ड कप ,वडा स्तरमा फुटबल, क्रिकेट , भलिबल जस्ता खेलहरु आयोजना गरिरहेको बताए ।

उनले स्थानीय सरकारले स्थानीय खेलकुद समिति मार्फत विभिन्न खेलहरुको आयोजना गर्दै आएको बताए । आचार्यले खेलाडिहरुको आत्मबल र उहाँहरुको छमताको सम्मान गर्दै भावि दिनहरुमा यसरी नै खेलाडिहरुको सम्मान गरिने उल्लेख गरेका छन।

त्यसै गरी कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुबेदीले काेहलपुरको चेलीलाई यसरी सम्मान गर्न पाउँदा नगरपालिका हर्षित तुल्याएको बताईन।

उनले भावि दिनहरुमा स्थानीय स्तरमा राष्ट्रिय खेलाडि उत्पादन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताईन। कार्यक्रममा खेलकुद शाखा संयोजक चक्र क्षेत्रीको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।

  • २० कार्तिक २०८१, मंगलवार प्रकाशित
  • Nabintech