२० कार्तिक २०८१, मंगलवार
२० कार्तिक २०८१, मंगलवार
रवि लामिछाने अदालतमा उपस्थित
रवि लामिछाने अदालतमा उपस्थित
  • न्युज डेस्क

२० कात्तिक कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई मंगलबार पुनः कास्की जिल्ला अदालतमा पेस गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका निम्ति अदालतमा उपस्थित गराइएको हो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । उनलाई यही कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।उनीमाथि अनुसन्धानका निम्ति यसअघि दुईपटक म्याद थप भइसकेको छ । पहिलोपटक ६ दिन म्याद थपिएको थियो । दोस्रोपटक सात दिन म्याद थपेर अनुसन्धान गरिएको थियो ।

  • २० कार्तिक २०८१, मंगलवार प्रकाशित
  • Nabintech