८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार
लुम्बिनीमा थपिए तीन नयाँ मन्त्री
लुम्बिनीमा थपिए तीन नयाँ मन्त्री
  • न्युज डेस्क

७ कात्तिक बर्दिया । लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिदैँ सिफारिस गरेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ७ गते मुख्यमन्त्री बनेका मुख्यमन्त्री आचार्यले नेपाली काँग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीको रुपमा सिफारिस गरेका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिनु भयो । सिफारिस भएका नयाँ मन्त्रीहरु नेपाली काँग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, काँग्रेसकै देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

साना दुई दलबाट एक एक जनालाई मन्त्री बनाउने भनिए पनि साना दलबाट एक जनालाई मात्रै मन्त्री बनाइएको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान ८ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथको लागि तयारी गरिएको छ ।

  • ७ कार्तिक २०८१, बुधबार प्रकाशित
  • Nabintech