७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार
युवाहरु बोलायर आफनै श्रीमती माथी बलात्कार गर्ने, गराउने श्रीमान पक्राउ
युवाहरु बोलायर आफनै श्रीमती माथी बलात्कार गर्ने, गराउने श्रीमान पक्राउ
  • न्युज डेस्क

७ कात्तिक हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको घटनामा आफ्नै पति पक्राउ परेका छन् ।

पीडित महिलाले कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका श्रीमान पक्राउ परेका छन् ।असोज ३० गते मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामूहिक बलात्कार गरेको उजुरी परेको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।रातिको समयमा ६० वर्षीय श्रीमान र १९, २० वर्षका दुई युवाले आफूमाथि सामूहिक बलात्कार गरेको पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।प्रहरीले श्रीमानलाई कात्तिक १ गते पक्राउ गरेर शुक्रबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ । आरोपित दुई युवा भने फरार रहेका छन् ।पीडित महिलालाई हेटौंडास्थित महिला सेफ हाउसमा राखिएको छ । उनको स्वास्थ्य अवस्था ठीक रहेको छ । पीडित महिलाले ३ वर्षअघि मात्रै दोस्रो विवाह गरेकी थिइन् ।

  • ७ कार्तिक २०८१, बुधबार प्रकाशित
  • Nabintech